• २६ भदौ २०८३, शुक्रबार
  • ३ः१६ राती

खेलसँगै खेलाडीको भविष्य पनि सुनिश्चित हुनुपर्नेमा जोड

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०२:२३

युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन् । नेपाल सोतोकान कराते डो एशोसियसन एसकेडियुएन भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को उद्घाटन गर्दै उनले खेलसँगै खेलाडीको भविश्य पनि सुनिश्चित हुनुपर्ने बताए ।

National Life

 

मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकूदको विकासमा कदम चालेको बताए। स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकूद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

देशभरका सात वटा सोतोकान करातेका ३२ वटा डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता आज दिनभर चल्ने र साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुरस्कार वितरण गर्ने एशोसियसनका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

प्रतिकृया