• ६ साउन २०८३, बुधबार
  • ४:१७ बिहान

साउन १ गतेदेखि सामाजिक सुरक्षा बढ्छः प्रधानमन्त्री 

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०६:१३

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन्। मंगलबार रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन्।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरुको पूर्वाधार विकासका लागि पाँच अर्बभन्दा बढी रकम वितरण गरिने पनि बताए।

Kamana Sewa

उनले भने, ‘सामाजिक सुरक्षाका प्रवन्धहरुका क्षेत्रमा थुप्रो काम हामीले गर्‍यौँ। योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु गर्‍यौँ। अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ। अब पनि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै। साउन १ गतेदेखि लागु हुनेगरी बढ्छ। सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागु हुनेगरी बढाइने छ।’

Classic Tech Desktop

प्रतिकृया