• १९ भदौ २०८३, शुक्रबार
  • १०ः०९ बिहान

उदयपुरमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ११:२८

उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडामा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ।

शनिबार राती मदनभण्डारी स्मृति लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स१त ७६२० नम्बरको ट्याक्टरबाट खस्दा चौदण्डीगढी नगरपालिका २ गगँटेका २८ वर्षीय रुपेश लामगादेको मृत्यु भएको प्रहरीले जनाएको छ।

Kamana Sewa

 

Classic Tech Desktop

ट्याक्टर चालकसँगै रहेका उनी अकास्मात झर्दा पछाडिको टायरले किचेर घाईते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले जानकारी दिए।

 

ट्याक्टर र चालक सोही ठाउँका २६ वर्षीय टंक कामीलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया