• ५ साउन २०८३, मंगलबार
  • ४:१९ बेलुका

उत्तरी चीनमा कोइला खानी दुर्घटना, चार जनाको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र १३ गते, शुक्रबार ०२:३१

उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्मीहरुले पुष्टि गरेका छन् ।

 

Kamana Sewa

उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।

Classic Tech Desktop

 

 

बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । –सिन्ह्वा

प्रतिकृया