सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घट्यो,चाँदीको मूल्य स्थिर
प्रकाशित मिति
२०७७ चैत्र १३ गते, शुक्रबार ११:४०
काठमाडौं : सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबारका लागि बजार मूल्य प्रतितोला ८६ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रवार सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँ थियो । आइतबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ७ सय भएको थियो । सोमबार तोलामा २ सय रुपैयाँ घटेको थियो । मंगलबार पुन तोलामै ३ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सुन एक सातामा तोलामा ४ सय रुपैयाँले घटेको छ ।

चाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ । बिहीबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा करोबार भएको थियो । गत शुक्रवार चाँदी प्रतितोला एक हजार २ सय ७५ रुपैयाँ थियो । आइतबार तोलामा ५ रुपैयाँ बढेको थियो । सोमबार तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ६० रुपैयाँ भएको थियो । चाँदीको मूल्य लगातार घट्दै बिहीबार प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा आइपुगेको थियो । चाँदीको मूल्य एक सातामा ४५ रुपैयाँले घटेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा केही दिन यता सामान्य उतारचढाव भइरहेको छ । आज सुन प्रतिऔंस १७२५. ७३ डलर र चाँदी २५. ०९ डलरमा कारोबार भएको छ ।




प्रतिकृया