• १७:४९ २०८० चैत्र १५ गते
  • 5:49 pm

एकादशी तिथिमा चामल नखानुको शास्त्रीय मान्यता के हो?

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०९:४८

aa 2

आज अमलाकी एकादशी । अमलाकी एकादशीमा शरीरमा रहेका सबै प्रकारका रोगबाट मुक्ति पाउनको लागि व्रत बस्ने गरिन्छ भन्ने धार्मिक विश्वास छ । यसदिन पनि अन्य दिन जस्तै सकेसम्म फलाहार गरेर दिनभरि व्रत बस्नुपर्छ भन्ने मान्यता छ ।

त्यसो त हरेक एकादशीमा चामलको सेवनमा प्रतिबन्ध लगाइन्छ । यो प्रश्न प्रायः धेरै व्यक्तिमा जिज्ञासाकै रुपमा हुन सक्छ कि एकादशीको दिन आखिर किन भात खानु हुँदैन ?

धार्मिक दृष्टिकोणलाई हेर्दा एकादशीमा चामल निषेधको बारेमा विभिन्न पुराणहरूमा लेखिएको छ । विष्णु पुराण लगायत विभिन्न पुराणमा उल्लेख भए अनुसार एकादशीको दिन खाने चामलले गैर खाद्य पदार्थ खाएको जस्तो फल पाइन्छ भन्ने मान्यता राख्छ ।

 

पौराणिक कथा अनुसार महर्षि मेधाले मातृ शक्तिको क्रोधबाट बच्न शरीरको त्याग गरे र यसको केही अंश पृथ्वीमा विलय भयो । महर्षि मेधा धान र जौको रूपमा उत्पन्न भए भन्ने मान्यता राखिन्छ । त्यसैले शास्त्रीय मतमा चामल र जौ जीव समान मानिन्छ ।

 

एकादशी मिति त्यो दिन थियो जुन दिन महर्षि मेधाको अंश पृथ्वीमा समाहित भएको थियो । त्यसकारण एकादशीको दिनमा भात खान वर्जित गरिएको हो । यस्तो विश्वास गरिन्छ कि एकादशीमा चामल खानु भनेको मांस सेवन गर्नु सरह हुन्छ ।

वैज्ञानिक कारण
वैज्ञानिक तथ्यका अनुसार धानमा पानीको मात्रा उच्च छ । पानीमा चन्द्रमाको प्रभाव बढी हुन्छ । भात खानाले शरीरमा पानीको मात्रा बढाउँछ, यसले दिमाग विचलित र चञ्चल बनाउँछ ।

दिमाग चञ्चल हुँदा उपवासको नियम पालनामा बाधा उत्पन्न हुन सक्छ । एकादशीमा उपवास र सात्विक भावको उपवास अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले एकादशीमा चामलबाट बनेको खाना नखान भनिएको हो ।

प्रतिकृया