• २५ भदौ २०८३, बिहीबार
  • ४ः०० बेलुका

पत्रकार महासंघमा चुनावी रन्को, केन्द्रदेखि भक्तपुरसम्म नेतृत्वका लागि को को दौडमा

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०९:३९

काठमाडौं: नेपाल पत्रकार महासंघको २५ चैत्रमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि चुनाबी सरगर्मी बढेको छ । पत्रकार महासंघले चैत १२ गतेदेखि चुनाबी प्रक्रिया सुरु गर्दै निर्वाचन तालिका समेत सार्वजनिक गरेपछि नयाँ नेतृत्वका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस संगठन, जनपत्रकार संगठन लगायत पत्रकार सम्बद्ध संस्थाले उम्मेदवार चयन गर्ने भएका छन् । ती संगठनहरुबीच समिकरण बनाउनेबारे गरी समेत छलफल सुरु गरेका छन् ।

National Life

 

पत्रकार महासंघको यसपटकको चुनाबी दौडमा लोकतान्त्रिक समूहबाट बर्तमान महासचिव रमेश बिष्ट, बर्तमान वरिष्ठ उपाध्यक्ष बिपुल पोखरेल, उपाध्यक्ष दिलिप थापामगर, बर्तमान सचिव रामप्रसाद दाहाल,अर्का सचिब प्रकाश थापा र पूर्वसचिव रामजी दाहालले नेतृत्वको दाबी गरेका छन् । त्यसो त प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल पनि आकाँक्षी रहेको चर्चा छ । प्रेस चौतारीबाट शम्भु श्रेष्ठ, गणेश बस्नेत, बालकृष्ण बस्नेतलगायतले नेतृत्वको दाबी गरेका छन् । यद्यपि प्रेस युनियन र प्रेस चौतारी बीच एलायन्स गरेर जानेबारेमा पनि छलफल चलिरहेको छ । श्रेष्ठ माधव नेपाल समूहका हुन् । ओली समूहका पत्रकारहरुबाट गणेश बस्नेतको नाम चर्चामा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भक्तपुरमा पनि चुनाबी सरगर्मी बढेको छ । भक्तपुरमा प्रेस युनियनबाट आकांक्षी धेरै देखिएका छन् । प्रेस युनियनको वर्चस्व रहेको भक्तपुरमा यसअघि युनियन र प्रेस चौतारी बीच एलायन्स गरेर चुनाबमा गएकाले यस पटक पनि सहमतिबाटै युनियन र चौतारी सहकार्य गरेर जानेबारेमा छलफल भएको बुझिएको छ । युनियनबाट नेतृत्वका लागि बर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी चर्चामा रहेका छन् । सालिन व्यक्तित्व रहेका बुढाथोकीले महासंघको बर्तमान नेतृत्वमा सबैलाई मिलाएर लैजान सफल भएकाले यसपटक पनि बुढाथोकी कै नेतृत्व आउनु पर्ने युनियनका बहुमत सदस्य र जिल्लाका सकृय पत्रकारको माग रहेको बताइएको छ । अध्यक्ष बुढाथोकी भने निर्वाचनमा नगई सर्वसम्मतीबाट नेतृत्व चयन गर्दै अगाडि बढ्नु पर्ने बताउँदै आएका छन् ।

 

यद्यपि बुढाथोकीलाई महासंघको केन्द्रीय सदस्य वा प्रदेशको पदाधिकारीमा लैजाने कि आसन्न युनियनको महाधिवेशनमा यसनियनको केन्द्रीय तहमा लैजाने गरी आश्वासन दिएको चर्चा पनि रहेको छ । युनियनमै अर्का पत्रकार पेशल आचार्यको नाम पनि चर्चामा आएको छ । पेशल आचार्यले आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्नो पक्षमा मत ल्याउन प्रचारमा लाग्नु भएको छ । त्यसैगरी युनियनबाटै पत्रकार महासंघका जिल्ला सह सचिब सुन्दर शिल्पकारलाई एक पक्षले नेतृत्वको लागि अगाडि सारेको बताइएको छ । त्यस्तै युनियनभित्रकै बिद्रोही उम्मेदवारको रुपमा जगत प्रजापति र महासंघका हालका सचिब कृष्ण नेपालले पनि नेतृत्वको दाबी गरेको युनियन स्रोतले बताएको छ ।

 

पत्रकार मणिराम लामिछानेले पनि युनियनको तर्फबाट नेतृत्वमा उम्मेदवारी तयारी गर्दै आएको दाबी गरेका छन् । यद्यपि नेतृत्वमा सही व्यक्तिको छनौट हुन नसके युनियनलाई यस पटक भक्तपुरमा धक्का लाग्ने आंकलन युनियनबाटै हुन थालेको छ ।
त्यसैले युनियनभित्र महासंघको निर्वाचनमा एकताको लागि घनिभुत छलफल चलिरहेको प्रेस युनियनले जनाएको छ ।

यता प्रेस चौतारीले पनि आफ्नो तयारी सुरु गरेको छ । चौतारीका जिल्ला अध्यक्ष हेमराज ढकालले पत्रकार महासंघका आगामी नेतृत्वका लागि तयारी गर्न कार्यदल बनेको जानकारी दिँदै बिगतमा जस्तै युनियनसँग एलायन्स गरेर जाने र एकल प्यानलमा जाने दुबै मोडालिटीको तयारीमा लागेको बताउनुभयो । ढकालले चौतारी एकल प्यानलमा जानु परे पनि उम्मेदवारी दिन तयारीका साथ बसेको बताउँदै।

आवश्यक परे एलायन्स गरेर पनि जान सक्ने बताइएको छ ।
त्यसो त यसअघि नै नेतृत्वको लागि क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीको चर्चा पनि चलेको छ । पत्रकारितामा बिगत २० बर्षदेखि निरन्तर क्रियाशिल रहेका पत्रकार गिरीको चर्चासँगै चौतारीले बर्तमान अध्यक्ष ढकालको नेतृत्वमा महासंघको निर्वाचनमा जाने तयारीबारे छलफल चलाएको चौतारी स्रोतले जनाएको छ ।
प्रेस सेन्टरले पनि महासंघमा एलायन्स गरेर जान युनियनसँग छलफल चलाएको बुझिएको छ ।

प्रतिकृया