• 2:21 am

देशभरको मौसम आज कहाँ कस्तो रहन्छ?

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०८:०५

Weather clear.2e16d0ba.fill 650x500 1

काठमाडौँ : पहाडी क्षेत्रको मौसम बिहीबार आंशिक बदली रहे पनि देशका अरु क्षेत्रमा भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ ।

 

हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

 

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 

यस्तै राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिकृया