• २९ भदौ २०८३, सोमबार
  • ५ः४५ बिहान

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०६:२१

काठमाडौं: बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३० की ४१ वर्षीय पूर्ण लामालाई  प्रहरीले पक्राउ गरेको छ ।

National Life

उच्च अदालत पाटनको २०७७ मंसिर ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र विगो बमोजिम २० लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय बेरुजू रही फरार रहेकी उनलाई प्रहरीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।

लेजर इन्फोटेक नेपाल प्रालि नामक कम्पनीलाई सानिमा बैंक लिमिटेडको चेक काटी पीडितलाई दिएकोमा बैकिङ कसूर मुद्धामा उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्तव्यूरोले जनाएको छ ।

प्रतिकृया