• २९ भदौ २०८३, सोमबार
  • १२ः३९ राती

पाटे बाघको छाला सहित ४ जना पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०६:१५

बाँके :बैजनाथ गाउँपालिका-१ च्यामाबाट पाटेबाघको १ थान छाला र बाघको हड्डी जस्तो देखिने २ किलो ५ सय ग्राम हड्डी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरुमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ठेगाना भएका ५० वर्षीय गंगf बहादुर खत्री तथा २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका- ४ ठेगाना भएका ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका-४ ठेगाना भएका ३८ वर्षीय जयलाल नेपाली रहेका छन् ।

चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरुलाई उक्त ठाउँमा अवैध बाघको छाला र हड्डीको कारोवार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले छाला र हड्डी सहित फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिकृया