• ११ असोज २०८३, आइतबार
  • ८ः२९ राती

कांग्रेसमा मौलाउँदो गुट : सक्रिय सदस्यमा पनि भागबन्डा

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार ०८:५४

काठमाडौं: गत बुधबार दाङमा पत्रकारहरूले अब पार्टीमा रहने भूमिकाबारे सोध्दा कांग्रेस नेता डा। शेखर कोइरालाले जवाफ दिए, ‘कांग्रेसका सबै टिमसँग बसिरहेको छु ।’ उनले सो प्रसंगले कांग्रेसभित्रका जिल्लागत गुटलाई संकेत गर्छ । ‘दाङमै पनि कांग्रेसका चार÷पाँच थरी समूह छन्,’ उनले भनेका थिए, ‘सबैसँग बसिरहेको छु तर कुन समूहले मलाई सहयोग गर्छ भन्ने पनि मैले बुझेको छु ।’ कांग्रेसको आगामी सभापतिको दौडमा रहेका कोइरालाले केन्द्र स्तरमा मात्रै हैन, जिल्लाजिल्लामा कांग्रेसभित्र अनेकन् गुट रहेको नकार्न सकेनन् । फलतः उनले दाङकै चारपाँच गुटसँग बसेर सभापतिका लागि सहयोग माग गरेको पत्रकार सम्मेलनमै स्विकारे ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

लामो समयदेखि गुटउपगुटको सिकार बन्दै आएको कांग्रेसभित्र मूलतः केन्द्रीय नेतृत्वले नै गुट खडा गरेको आरोप लाग्ने गर्छ । केन्द्रीय नेताकै गुटगत राजनीतिका कारण कांग्रेसले नोक्सानी बेहोर्नुपरेको भनेर जिल्ला तहबाट नेतृत्व पंक्तिमाथि लाग्ने आरोप एक अर्थमा सही होला । तर कांग्रेसको गुट शृंखलाको आरोप केन्द्रीय नेतृत्वमाथि लाग्ने भए पनि कांग्रेसभित्रको गुटगत राजनीति पार्टीको तल्लो तह वडास्तरबाटै व्यापक रूपमा सुरु भइसकेको हुन्छ । यो राजनीति वडा तहकै नेताहरूले सुरु गरिसकेका हुन्छन् ।

 

 

दाङमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले भनेजस्तै दाङमा केन्द्रीय नेताका खेमासँगै जिल्लागत नेताहरू पनि आ–आफ्नै गुट निर्माणमा सक्रिय छन् । भलै कांग्रेसले आयोजना गर्ने भेला वा सभाहरूमा उनै नेताहरूले केन्द्रीय स्तरका नेताहरू गुट–उपगुटमा लागेको भनेर आलोचना गर्न पछि पर्दैनन् । जिल्ला स्तरका नेताहरूको गुटको शृंखला वडा तहबाटै सुरु हुन्छ । अहिले कांग्रेसको महाधिवेशनको चर्चा चलिरहेका बेला वडा तहमा कांग्रेसका नेताहरू बढी केन्द्रित भएका छन् । कारण हो, सक्रिय सदस्यता वितरण । फलतः गुटको शृंखला वडा तहमा सक्रिय सदस्यता वितरणदेखि नै प्रारम्भ हुने गरेको छ । नेताहरूले पार्टीले दिने सक्रिय सदस्यता संख्या बाँडफाँड गरेरै टुंग्याइरहेका छन् । कसले कति पाउने भनेर दामाशाही हिसाबमा उनीहरूले भागबन्डा गर्ने गरेका छन् । कतिपय वडामा यही भागबन्डा नमिल्दा सदस्यता संख्या टुंगो लाग्नै सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।

प्रतिकृया