• 8:35 pm

‘सी’ डिभिजन लिग : आज दुई खेल

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार १०:१५

काठमाडौं: सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा महाबिर युथ क्लब र विरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘ए’मा रहेका महाबिर र विरगंजबीचको खेल अपरान्ह १२: ३० बजे सुरु हुनेछ ।

 

यस्तै दोस्रो खेलमा विरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडबीच खेल हुनेछ । समूह ‘बी’ मा रहेको विरगंज र प्लानिङबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

 

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।

प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

प्रतिकृया