• ४ साउन २०८३, सोमबार
  • ७:०७ बेलुका

कर्णाली सामुहिक आत्महत्या: रजनीको पनि शव भेटियो

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ०८:२८

चार सन्तानसहित आमाले कर्णालीमा हाम फालिन्, दुई छोरीको शव फेला
कर्णाली – आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ।

गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए।रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो ।बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

Kamana Sewa

जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिए।

Classic Tech Desktop

३५ वर्षीय आमा सुकु, १४, ११ र पाँच वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा आठ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए।

आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो। चारै जनाको दाहसंस्कार भइसकेको छ।

प्रतिकृया