• ५ साउन २०८३, मंगलबार
  • १०:३२ बिहान

माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु हुँदै, प्रमुख अतिथि बन्न ओलीलाई निम्तो

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ०७:५६

काठमाडौ:  नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु हुँदैछ। बदलिँदो राजनीतिक परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको नेपाल समूहले जनाएको छ।

दुईदिनसम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र नेता कार्यकर्ताहरु राजधानी पुग्ने क्रम जारी रहेको समूहले जनाएको छ। भेलामा झण्डै दुई हजारु अगुवा नेता तथा कार्यकर्ता सहभागी हुने छन्।

Kamana Sewa

एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने बताए।

Classic Tech Desktop

उनले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरे।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने जनाइएको छ।

भेलाले पार्टी एकता विरोधी, विधान प्रतिकूल र एकलौटी कदमले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्धरुपमा प्रतिवाद गर्दै असफल पार्न आम पार्टी पङ्क्तिलाई आह्वान समेत गर्ने भनिएको छ।

यता नेपाल कम्युनिष्ट पार्टी एमालेको नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकामा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन्।

महासचिव पोखरेलको विज्ञप्तिमा यस्तो अनाधिकृत गुटगत भेला नगर्नरनगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले ले सबै नेतारकार्यकर्तालाई विशेष निर्देशन गरिएको छ ।

‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।

मंगलबार बालुवाटारमा आयोजित चियापान समारोहबाट प्रधानमन्त्री ओलीले गुटका भेलामा जाने एमाले नेता तथा कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका थिए।

ओलीको चेतावनीपछि पत्रकार सम्मेलन गर्दै एमाले सचिव तथा माधव समूहका नेता भट्टराईले आफूहरु कारबाहीका लागि लामबद्ध रहेको भन्दै प्रतिवाद गरेका थिए। उनले भेलामा प्रमुख अतिथि भएर सहभागी हुन पनि अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।

‘भेलामा नजर लगाउन अनुयायी खटाउनै पर्दैन। तपाईँकै नेता कार्यकर्ता हुन् । प्रमुख अतिथि भएर आउनुस् र उनीहरुका कुरा सुन्नुस्’,भट्टराईले पत्रकार सम्मेलनमा भनेका थिए।

त्यसअघि चियापान समारोहबाट ओलीले भेलाको तमासा हेर्न एक नजर त्यता पनि लगाइने बताएका थिए।

प्रतिकृया