• ११ असोज २०८३, आइतबार
  • १ः३० दिउँसो

 दैनिक १० प्रतिशतले उकालो लाग्दै चन्द्रागिरी हिल्सको सेयर मूल्य

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार १२:२३

काठमाडौ: चन्द्रागिरी हिल्सको सेयर कारोबार मंगलबार पनि पोजेटिभ सर्किट लेभलमा भइरहेको छ।
अघिल्लो दिनको तुलनामा प्रति शेयर ९.९८ प्रतिशत अर्थात ९७ रुपैयाँ बढेको छ। अहिले एक हजार ६९ रुपैयाँमा कारोबार भइरहेको छ। फागुन ११ गतेदेखि हरेक कारोबार दिनमा चन्द्रागिरी हिल्सको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भइरहेको छ।

National Life

कुनैपनि कम्पनीको सेयर मूल्य कुनै एक कारोबार दिनमा १० प्रतिशतसम्म बढ्न सक्छ वा १० प्रतिशतसम्म घट्न सक्छ। १० प्रतिशत वा ९ प्रतिशतभन्दा माथी बढेमा पोजेटिभ सर्किट र सोही मात्रामा घटेमा नेगेटिभ सर्किट लागेको भनिन्छ।

 

Classic Tech Mobile
Classic Tech Desktop

सेयर मूल्य दशमलबमा नहुने भएकाले ठ्याक्कै १० प्रतिशत मूल्य दशमलबमा पनि आउन सक्छ। त्यो अवस्थामा अधिकतम पूर्ण अंक बढ्दा त्यो ९ प्रतिशतभन्दा माथी आउन पनि सक्छ। एकै दिन पोजेटिभ र नेगेटिभ दुवै सर्किट लाग्छ पनि सक्छ। नेपाल स्टक एक्सचेन्ज-नेप्सेमा चन्द्रागिरी हिल्सको प्रति सेयर कारोबार एक सय ६४ रुपैयाँबाट सुरु भएको थियो।

प्रतिकृया