• १४ असोज २०८३, बुधबार
  • ३ः०३ दिउँसो

दाङको लमहीमा आगलागी, ६ घर जलेर नष्ट

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार १२:३५

दाङ :लमही नगरपालिका वडा नम्बर ६ ढिकपुर गाउँमा सोमबार आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् ।
स्थानीय वलिराम चौधरीको घरबाट सुरु भएको आगो गाउँका अन्य पाँच घरमा पनि फैलिएको हो । खरको छानो भएकाले आगो छिटो फैलिएको र क्षति भएको स्थानीय रामबहादुर चौधरीले जानकारी दिए ।

National Life

 

‘राप्ती नदिको किनारमा बस्ती छ । तर, आयो निभाउन हम्मेहम्मे पर्‍यो’ उनले भने, ‘खरको छानो भएका घर छन् । आगो बस्तीमा फैलने जोखिम थियो ।’स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

क्षतिको विवरण संकलन भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक पुरान मल्लले बताए ।आगलागीको कारण यकिन नभए पनि विद्युत सर्ट भएर आगो फैलिएको हुन सक्ने अनुमान छ ।

प्रतिकृया