तराईमा ब्युँतियो गोईत समुह, बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चाको पर्चा
प्रकाशित मिति
२०७७ चैत्र १ गते, आईतवार ०२:५६
काठमाडौं: सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोट तराई मुक्ति मोर्चाले गराएको खुलेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चाको पर्चा फेला परेको र त्यसको बारेमा थप अनुसन्धान भइरहेको छ ।

मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समूहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले बताए । विष्फोटमा परेर नायव सुब्बा शिवकुमार यादव गम्भिर घाइते भएका छन् । अरु दुईजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ ।

मालपोत कार्यालय लहान शाखामा आइतबार दिनको एक बजे बम विस्फोट हुँदा आधा दर्जन घाइते भएका छन् । घाइतेहरु मध्ये एकको अवस्था गम्भीर रहेको छ ।
सधै झै भीड हुने मालपोत कार्यालय मा आइतबार पनि ग्राहकहरुको भीड रहेको मालपोत कार्यालयमा लहान बजारको कागजातहरु रहेको कोठामा एक बजेतिर एकासी विस्फोट हुँदा आधा दर्जनको संख्यामा सेवाग्राहीहरु घाइते भएका हुन ।
इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहालका अनुसार सेवाग्राहीहरुको चाप रहेको समयमा भएको कुकर बम विष्फोटले घाइते भएकाहरुको उपचार लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा भइरहेको छ भने गम्भीर अवस्थामा रहेको घाइतेलाई बाहिर लैजाने तयारी भइरहेको छ ।
घटना स्थल मालपोत कार्यालयमा लहान नगरपालिकाबाट गएका बारुण यन्त्रले आगो निभएको थियो । घट्ना तराइ जनतान्त्रि मुक्ति मोर्चा जय कृष्ण गौइतको समूहले गराएको पर्चा घटना स्थलमा भेटिएको इलाका प्रहरी लहानले जनाएको छ ।
घाइतेहरु सबै सेवाग्राही नै भएपनि कसैको पनि ठेगान खुल्न सकेको छैन विष्फोट गराउनेहरूको खोजी भइरहेको डीआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेसर कुकर बम विष्फोट गराएको थाहा भएको छ । बम विस्फोटबाट घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको र घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।




प्रतिकृया