महालक्ष्मी नगरपालिकाले पैदल यात्रुहरूका लागि निर्माण गरेको ट्रस पुल उद्घाटन
प्रकाशित मिति
२०७७ फाल्गुन २७ गते, बिहीबार ०१:३३
ललितपुर: महालक्ष्मी नगरपालिका वडा नं १ र २ तथा ललितपुर महानगरपालिका वडा नं ७ र १७ को बीचमा रहेको कर्मनाशा नदीमाथि रहेको ग्वार्को पुलको दायाँ बायाँ पैदल यात्रुहरूको लागि निर्माण गरिएको ट्रस पुलको उद्घाटन भएको छ। महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ एक कार्यक्रमकाबीच ले उद्घाटन गर्नु भयो ।
उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाका वडा नं १, २, ३, ४, ६, र ७ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा ललितपुर महानगरपालिकाका वडा नं ७ र १७ का वडा अध्यक्षहरू र वडा सदस्यहरू, ललितपुर जिल्ला रेडक्रसका अध्यक्ष, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख शिक्षा अधिकृत, सडक तथा अन्य पूर्वाधार शाखा प्रमुख, सूचना प्रविधि अधिकृत लगाएतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूबाट पुलको समुद्धघाटन गर्दै यस पुलको निर्माणबाट यात्रुहरूको पैदलयात्रालाई सुरक्षित बनाउनुका साथै सडक दुर्घटना घटाउन र यस क्षेत्रमा हुने ट्राफिक जामलाई न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास गर्दै पुल निर्माणमा सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका इन्जिनियर मनिष सुवेदीले उपस्थित सबैमा स्वागत गर्दै पुलको प्राविधिक पक्षबारे जानकारी गराउनु भयो ।त्यसैगरी वडा नं २ का वडा अध्यक्ष श्री राम बहादुर के।सीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वडा नं १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपानेले सञ्चालन गर्नुभएको थियो । सम्झौता रकम रू। ३९,७५,५०० रहेको यस ट्रस पुलको एक तर्फको लम्बाई २४ मीटर, चौडाइ १।५ मीटर, तौल करिब ६ टन रहेको पुलको निर्माण बस्नेत निर्माण सेवाले गरेको हो ।






प्रतिकृया