• १२ असोज २०८३, सोमबार
  • ७ः४४ बिहान

हेल्प नेपालले शिक्षाको लागि साइकल यात्रा गर्दै

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०५:३३

काठमाडौं: हेल्प नेपाल नेटवर्कले शिक्षाको लागि पहिलो पटक साइकल यात्रा गर्ने भएको छ। नेपालीहरुको लागि परोपकारी काम गर्ने संस्था हेल्प नेपालले ‘पेडल फर एजुकेशन’ नामक कार्यक्रमअन्तर्गत आगामी फागुन २८ गतेदेखि चैत ११ गतेसम्म साइकल यात्रा गर्ने भएको हो।

National Life

मंगलबार पत्रकार सम्मेलन गरी हेल्प नेपालकी सचिव तथा स्वास्थ्य संयोजक लता घिमिरेले संस्थाले नेपालको दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यका काम गरिरहेको नेटवर्कले दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम सहयोग गर्ने उद्देश्यले उक्त साइकल यात्रा गर्न लागेको जानकारी गराइन्।

संकलन भएको रकमबाट दोलखामा रहेको भूकम्पले क्षतिग्रस्त राजकुकेश्वर स्कुलको पुनःनिर्माण तथा डडेलधुरामा लाइबेरी स्थापनाको लागि सहयोग गरिने छ। लाखौं रुपैयाँ खर्च हुने स्कुलको पुनर्निर्माण र लाइबेरी स्थापनाका लागि उक्त कार्यक्रमबाट सहयोग जुट्ने आशा लागेको समेत कार्यक्रममा घिमिरेले बताएकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

स्कुल, टुरिजम, खेलकुदलगायत विभिन्न अभियानको लागि लामो समयदेखि लामो र छोटो दुरीको साइकल यात्रा गर्दै आएका देवेन्द्र बस्नेतले १२ सय किलोमिटरको यात्रा १२ दिनमा पूरा गर्ने भएका छन्। यात्रा दोलखादेखि डडेलधुरासम्मको हुनेछ।

बस्नेतलाई काठमाडौंमा सताब्दी पुरुष सत्यमोहन जोशीले टिका लगाएर शुभयात्राको आर्शिवाद दिने बताइएको छ। बस्नेतले विभिन्न अभियानहरु संचालन गरेको भए पनि शिक्षाका लागि साइकलयात्रा गरी आर्थिक सहायता संकलन गर्ने कार्य नेपालमा पहिलो पटक गर्न लागेको बताए। उनले यस्ता अभियान विदेशमा धेरै हुने गरे पनि नेपालमा भने पहिलो पटक हुन लागेको र आफू त्यसको साझेदार भएकोमा गौरव महसुस भएको बताए।

प्रतिकृया