• १२ असोज २०८३, सोमबार
  • ८ः२२ बिहान

देउवा प्रचण्ड भेट

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०५:४१

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्न प्रचण्ड मंगलबार देउवा निवास बुढानीलकण्ठ पुगेका थिए। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

National Life

सत्ता सहयात्रा बारे कुराकानी भएको हो भन्ने प्रश्नमा भानु देउवाले भने,‘कुराकानी त भए तर अहिले त्यो सम्भावना छैन ।’बूढानीलकण्ठमा साँझ भएको भेटमा उनीहरुबीच संसद्को बैठक सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रको मंगलवारको स्थायी कमिटी बैठकले ती विषयमा प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा पूर्वावस्थामा ब्यूँतिने फैसला गरेको थियो । सोही फैसलाका आधारमा निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहने निर्णय गरिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया