जघन्य प्रकारका अपराधीलाई मृत्यु दण्डको माग
प्रकाशित मिति
२०७७ फाल्गुन २५ गते, मंगलवार ०१:५४
भक्तपुर : नेपाल महिला संघ जिल्ला समिति भक्तपुरले नारी दिबसको अवसरमा हत्या,हिंसा र बलात्कार निवारणका उपाय बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले जधन्य खपराधिलाई मृतु दण्डको व्यवस्था हुनुपर्ने माग गरेका छन्। मृत्यु दण्डको व्यवस्था नभए सम्ममा महिला माथी हुने जघन्य अपराधमा कमी नहुने भन्दै कानुन नै बनाउनु पर्ने माग गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पुर्व राज्यमन्त्री सीता गुरुङ्गले महिलाले कसैसँग आस गर्ने भन्दा पनि आफै सकृय हुनुपर्ने भन्दै आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने अनुरोध गर्नु भएको थियो। उहाँले महिला आफु-आफुमा मिल्न सक्नुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनु पर्नेमा जोड दिनुभयो । कांग्रेस भक्तरका जिल्ला सभापति दुर्लभ थापाले महिलाहरु कसैको पछि लागेर भन्दा पनि आफैं सकृय भएर नेतृत्वमा आउनपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमति प्रदेश सांसद रजनी जोन्छे,कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष शान्ता अर्याल,महिला संघका केन्द्रीय सदस्य गंगालक्ष्मी अवाल,कांग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्री,मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अन्जनादेबी ,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,महिला संघ भक्तरका अध्यक्ष सरु बाँनिया,पर्व सभापति गौरी केसी,कांग्रेस महाधिबेशन प्रतिनिधि रुपा थापा,महासमिति सदस्य शभद्रा काफ्ले ,महिला संघ भक्तपुर सचिब लक्ष्मीशोभा प्रजापति,शहिद पत्नी शारदा झा,सहसचिब संगीता आचार्य,संघका क्षेत्र नं.१ का सभापति निमा बाँनिया केसी र क्षेत्र नं.२ सभापति ललिता पोखरेल लगायतले समग्र महिलाको सशक्तिकरणमा सरकार रसरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

यसैबीच महिला संघ क्षेत्र नं.१ ले सम्मान कार्यक्रमको आयोजना गरेको छ । संघको तर्फबाट महिला संघका केन्द्रीय अध्यक्ष उमा रेग्मीले प्रदेश सांसद रजनी जोन्छे, शहिद पत्नी शारदा झा, पुर्व सभापति गौरी केसी, संघ भक्तपुका अध्यक्ष सरु बाँनिया लगायतलाई दोसल्ला र माला लगाई सम्मान गर्नुभयो। सो अवसरमा बोल्दै संघका अध्यक्ष रेग्मीले जघन्य प्रकारका अपराधीलाई मृत्युदण्डको माग गर्नुभयो।






प्रतिकृया