• २४ भदौ २०८३, बुधबार
  • ५ः४२ बेलुका

नेपाली पार्कर खेलाडी दिनेश सुनार नयाँ कीर्तिमान बनाउने प्रयासमा

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०१:२२

काठमाण्डौं: खोटाङमा जन्मिएका नेपाली पार्कर खेलाडी दिनेश सुनार नयाँ कीर्तिमान बनाउने प्रयासमा छन्। अन्तर्राष्ट्रिय पार्कर खेलाडी २९ वर्षीय दिनेश सुनारले ‘गिनिस बुक अफ वर्ल्ड रेकर्ड्स’ मा पाँचौ पटक नाम लेखाउने प्रयासमा लागेका हुन।

National Life

यसअघि चार पटकसम्म विश्वकीर्तिमान राखिसकेका सुनारले अहिले ३० सेकन्डमा १२ पटकसम्म ‘फुल ट्विस्ट ब्याक फ्लिप’ गरेको बताए। हाल अमेरिकामा रहेका उनले भने, “यस विधाअन्तर्गत यसअघिको आठ पटकसम्मको कीर्तिमान मैले भङ्ग गरेको छु।”

तर आफ्नो कीर्तिमानले औपचारिक मान्यता पाउन भने केही दिन लाग्न सक्ने उनको भनाइ छ। खेलेर जीवन धान्न सकस भए पनि पार्कर खेललाई ओलिम्पिक्ससम्म पुर्‍याउने आफ्नो लक्ष्य भएको उनी बताउँछन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया