• ५ साउन २०८३, मंगलबार
  • ५:०५ बेलुका

युवाका साथ साथ आवाज नेपालको “अधिकारका लागि आवाज” कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार १२:२३

युवाका साथ साथ आवाज नेपालले १११ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा भक्तपुर दरबार स्क्वायरमा “अधिकारका लागि आवाज” कार्यक्रम सम्पन्न गरेको छ । महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ देशभर अन्तरास्ट्रिय नारी दिवसका विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइको छ । भक्तपुर जिल्लामा पनि नयाँ सोचका साथ कबिता वाचन मार्फत सचेतना जागरण गर्ने उद्देशका साथ यो कार्यक्रमको आयोजना गरिएको सस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी गराउनुभयो ।

कार्यक्रममा युवाहरु आफ्ना कबिता मार्फत महिला अधिकार, लैङ्गिक समानता जस्ता बिषयबस्तुमा केन्द्रित भएर आफ्नो कबिता प्रस्तुत गरेका थिय । कार्यक्रममा कलाकार घनश्याम गौतमले अभिनय मार्फत सुचनामुलक सन्देश प्रस्तुत गर्दै नारी दिवसको शुभकामना ब्यक्त गर्नुभयो ।

Kamana Sewa

युवाका साथ साथ आवाज नेपालले दिवस मनाउनका निमित मात्र कार्यक्रमको आयोजना नगरी सधै अधिकारको पालना र न्यायपुर्ण समाज निर्माणको लागि सकृय रुपमा अगाडि बढेको कुरा सस्थाका अध्यक्ष देबेन्द्र आर्चायले जनाउनुभयो ।
सस्थाका कार्यसमिती सदस्य सोना तचामो ले चलाउनुभएको कार्यक्रममा एक दर्जन बढी कबिता, गित र अभिनय प्रस्तुत भएको थियो । कार्यक्रममा युवाका साथ साथ आवाज नेपालको साथसाथै ओरेक नेपाल, युवालय, हामि दाजुभाइ, युथ हबको एकेबद्दता रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया