• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ

प्रकाशित मिति

२०७७ फाल्गुन २१ गते, शुक्रबार ०७:३८

काठमाडौं: प्रहरीले ५२ थान चोरीका मोबाइल सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर प्रयागपोखरी बस्ने भारत बिहार ठेगाना भएका ३२ वर्षीय जहिर अन्सारी, काठमाडौं कपन बस्ने काठमाडौं महानगरपालिका ६ बौद्ध ठेगाना भएका २७ वर्षीय दिपेश श्रेष्ठ, काठमाडौं कपन बस्ने चितवन भरतपुर महानगरपालिका ११ घर भएका २९ वर्षीय अमित राना मगर र काठमाडौं महानगरपालिका ३० असन बस्ने ३३ वर्षीय बिक्रम शाही रहेका छन्।

कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले ललितपुर सानेपास्थित एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको लागि पठाउन लागेको एमआई कम्पनीको मोबाईल सेटहरु फागुन २ गते दिउँसो डल्लुबाट कालीमाटी हुँदै काठमाडौं परोपकार जाने क्रममा परोपकारस्थित सडकमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिहरुले कार्टुन भित्र रहेको उक्त मोबाईल सेटहरु चोरी गरेका थिए ।

Kamana Sewa

उक्त मोबाइलहरू काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी अमितले ललितपुर प्रयागपोखरीस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने जहिर अन्सारीलाई भेटाई ५ लाख ५० हजार रुपैयाँ नगदमा बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त जनसेवाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चोरी गरी लगेको उक्त ५२ थान मोबाईल सेटहरू सहित पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

 

प्रतिकृया