• २७ भदौ २०८३, शनिबार
  • २ः१४ राती

भीरबाट हाम फालेर आत्महत्या प्रयासपछि छोराको हत्या

प्रकाशित मिति

२०७७ फाल्गुन २० गते, बिहीबार ०९:२८

बैतडी: बैतडी प्रहरीले ३ महिने छोराको हत्या गरेको अभियोगमा मंगलबार ४० वर्षीय राजबहादुर चन्दलाई पक्राउ गरेको छ। पञ्चेश्वर गाउँपालिका–५ को खनाडीका चन्दले ३ महिनाका छोराको हत्या गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। तर, उनी मानसिक सन्तुलन ठीक नभएको व्यक्ति रहेको खुलेको छ।

National Life

पञ्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष देबबहादुर चन्दकाअनुसार विगत करिब २र३ वर्षदेखि मानसिक बिरामी रहेका चन्दले मंगलबार छोरालाई काखबाट फाल्दा मृत्यु भएको थियो। यसअघि चन्दले आमा जन्तरादेविमाथि कुटपिट पनि गरेका थिए भने मंगलबार मात्र बुवा मन्धीरे चन्दमाथि समेत कुटपिट गरेका थिए।

करिब ३ वर्ष अघि भीरबाट हाम फालेर आत्महत्या प्रयास गरेका राजबहादुर भारतमा उपचारपछि निको भएको वडाध्यक्ष चन्दले बताए। उनी त्यतिबेला गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया