• २७ भदौ २०८३, शनिबार
  • ३ः४० दिउँसो

नायिका स्वस्तिमा साउथ इण्डियन फिल्ममा अनुबन्धित

प्रकाशित मिति

२०७७ फाल्गुन २० गते, बिहीबार ०९:२६

काठमाडौं: नायिका स्वस्तिमा खड्का साउथ इण्डियन चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी छिन्। राजिब सेट्टीको निर्देशनमा बन्ने उक्त चलचित्रमा स्वस्तिमा महँगो पारिश्रमिकमा अनुबन्धित भएकी हुन्।

National Life

नेपाल र भारतमा छायाँकन हुने उक्त चलचित्रमा स्वस्तिमा डेब्यू गर्न लागेकी हुन्। काठमाडौंको एक होटलमा निर्माण टिम र स्वस्तिमाबीच सम्झौता भएको छ। चलचित्र निर्माण टिम नेपालमा कलाकार र लोकेसन हेर्नका लागि नेपालमा छ।

स्वस्तिमाले सामाजिक सञ्जालमार्फत् पनि समझौता गरिएको प्रष्ट पारेकी छिन्। यसअघि साउथ चलचित्रमा अभिनय गर्नेबारे केही कुरा नभएको बताएकी थिइन्। सम्झौता गर्दै स्वस्तिमाले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

चलचित्रको छायाँकन चैत पहिलो हप्ताबाट शुरु हुनेछ। नेपालमा ७० प्रतिशत र भारतमा ३० प्रतिशत छायाँकन हुनेछ।दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाजसँग नेपालको तर्फबाट अनन्या फिल्म्सले सहकार्य गरेको हो। अन्नयाका प्रमुख निर्माता सरोज न्यौपानेले स्वस्तिमासँग महँगो पारिश्रमिकमा सम्झौता गरिएको जानकारी दिए। कति पैसामा सम्झौता गरियो भन्नेबारे खुलाउन नमिल्ने बताए।

यो चलचित्र नेपाली, हिन्दी, दक्षिण भारतीयलगायतका थुप्रै भाषामा निर्माण गरिनेछ। उक्त चलचित्रमा भारतीय कलाकारहरू विविन जर्ज, जोनी एन्टिवानी, धर्मजन बोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायतको अभिनय रहनेछ।

प्रतिकृया