• ११ असोज २०८३, आइतबार
  • १ः१८ दिउँसो

अफगानिस्तानमा तीन पत्रकारको हत्या

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ०८:२६

अफगानिस्तान: पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले तीन महिला पत्रकारहरूलाई गोली हानी हत्या गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन्।

National Life

मंगलवार एनिकस रेडियो र टेलिभिजनका कार्यरत पत्रकार कार्यालयको कामपछि पैदल घर जाने क्रममा तीनजना पत्रकार दुई छुट्टाछुट्टै आक्रमणमा मारिएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

लडाकू समूहको आक्रमणमा मारिनेहरुमा २५ वर्षीया मुरसन हाकिमी, २० वर्षीया सादिया र २० वर्षीया सहनाज रहेका छन्। आक्रमणमा अर्को एक महिलम घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यही टेलिभिजनमा कार्यकरत २६ वर्षीया मलालाई मउवान्द पनि गत डिसेम्बरमा गोली प्रहारबाट मारिएकी थिइन्।

तीन पत्रकारको हत्याको जिम्मेवारी इस्लामिक स्टेटले लिएको बताइएको छ। घटनास्थलबाट प्रहरीले तालिवानका एक अधिकारीलाई पिस्टोलसहित पक्राउ गरेको छ। तालिवानले भने घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ।

प्रतिकृया