• ९ असोज २०८३, शुक्रबार
  • ७ः०१ बेलुका

टोटनहमको शानदार जित 

प्रकाशित मिति

२०७७ फाल्गुन १७ गते, सोमबार ०७:४६

काठमाडौँ :इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा टोटनहमले बर्नलीलाई ४-० गोलले हराएको हो । टोटनहमको जितमा ग्यारेथ बेलले दुई गोल गरे । ह्यारी केन र लुकास मौर्राले एक एक गोल गरे ।जितपछि टोटनहम २५ खेलबाट ३९ अंकसहित लिगको आठौँ स्थानमा छ । बर्नली भने १५ औँ स्थानमा छ । यस्तै अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले गोल रहित बराबरी खेलेका छन् ।

National Life

पछिल्लो समय राम्रो प्रदर्शन गर्दै लिगको दोस्रो स्थानमा रहेको युनाईटेड चेल्सीसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग १२ अंकले पछि परेको छ । सिटीको २६ खेलबाट ६२ अंक छ भने युनाईटेडको ५० अंक छ । चेल्सी भने ४४ अंकसहित पाँचौ स्थानमा छ ।

तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ४९ अंक छ । लेस्टर गएराती नै भएको खेलमा आर्सनलसँग ३-१ गोलले पराजित भएको थियो । गएरातीकै खेलमा लिभरपुलले शेफिल्ड युनाईटेडलाई २-० गोलले हराएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया