• 5:50 pm

प्रधानमन्त्री ओली पोखरा जाने ‘यस्ता छन् कार्यक्रम

प्रकाशित मिति

२०७७ फाल्गुन १७ गते, सोमबार ०८:१४

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने कार्यक्रम तय भएको छ। नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पोखरा जाने कार्यक्रम छ।ओली जहाजमार्फत् सोमबार बिहान ११ बजे पोखरा जाने छन्। प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ।

उक्त प्रतिष्ठान भवन नदीपुरमा बनाउन लागिएको छ। यस्तै पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

पछिल्लो समय प्रधानमन्त्री ओली उद्घाटन र शिलान्यासका कार्यक्रममा देशका विभिन्न ठाउँ पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार पनि झापा जाने कार्यक्रम छ।

 

प्रतिकृया