• ११ असोज २०८३, आइतबार
  • ५ः१४ बेलुका

हेटौँडाका खानेपानी वितरणमा चमत्कारिक परिवर्तन

प्रकाशित मिति

२०७७ फाल्गुन १६ गते, आईतवार ०५:५३

हेटौडा : हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो उत्पादनलाई वृद्धि गरी दैनिक एक करोड ७१ लाख ५० हजार लिटर पुयाएको छ । बोर्डले पछिल्लो समय दैनिक २७ लाख लिटर पानी वितरण गर्न मिल्ने समवेल समेत शुभारम्भ गरेको छ ।

National Life

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित रामरीमा रहेको नेपाली सेनाको मध्यपृतना, हेडक्वाटरको जग्गामा रु एक करोड २५ लाख लगानीमा समवेल निर्माण गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । बोर्डले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै भू–भाग र वडा नं १, १४, १५, १६, १७ र १९ का केही भू–भागमा बसोबास गर्ने १८ हजार ६०० घरधुरीका एक लाख ३५ हजार नगरवासीलाई बिहान साँझ गरी दैनिक सरदर छदेखि सात घण्टा पानी वितरण गरिरहेको छ । उनले अठार हजार ५०० धाराबाट दैनिक एक करोड ४१ लाख ५० हजार लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेकामा २७ लाख लिटर थपिएको बताए

सेनाले आफ्नो जग्गामा खानेपानीको समवेल निर्माण गर्न दिएर नागरिकमा गुन लगाएको उनले बताए । मध्यपृतनापति उपरथी अशोकराज सिग्देल क्षेत्रीले सेनाको जग्गा आम नेपालीको जग्गा भएकोले खानेपानीको समवेल निर्माणका लागि जग्गा उपलब्ध गराएको जानकारी दिए । समवेलको निर्माणपछि आफ्ना तीन हजार सेनाका जवानलेसमेत पानी खान पाएको उनको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकालले उपमहानगरको खानेपानीको मागलाई सम्बोधन गर्ने जानकारी दिए । उनका अनुसार पछिल्ला केही वर्षदेखि उपमहानगरमा खानेपानीको समस्या छैन । बजार विस्तार हुनेक्रमअनुसार दैनिक तीनदेखि पाँच वटासम्म नयाँ धारा जडान गर्नुपर्ने भएका कारण खानेपानी वितरणको क्षमतालाई वृद्धि गर्नुपर्ने भएको हो । “उपमहानगरपालिका विस्तार भएसँगै थप भएका वडामा खानेपानीको पहँच पुयाउनुपर्ने दायित्व बोर्डको रहेको छ ।

” उनले भने । बोर्डको निरन्तरको सक्रियताका कारण खानेपानीको चरम अभाव झेलेको हेटौँडामा खानेपानी प्रशस्त हुँदै गएको छ । विगतमा हेटौँडामा खानेपानीको चरम अभाव हुने गरेको थियो । हेटौँडाको खानेपानी कार्यालय अगाडि पानीको माग गर्दै दैनिकजसो आन्दोलन र प्रदर्शन हुन्थ्यो । खानेपानीका कर्मचारीमाथि हातपातका घटनासमेत हुने गरेको थियो । बजारमा कर्मचारीले आफूलाई खानेपानीको कर्मचारीका रुपमा परिचय दिँदैन थिए ।

सुख्खायाममा पानीका स्रोत सुक्नाले पानीको कमी हुन्थ्यो भने वर्षायाममा पानीको झन् ठूलो समस्या हुन्थ्यो । वर्षासँगै आउने भेल खानेपानीको मुहानमा पस्ने र पानी धमिलो हुने समस्याले हेटौँडालाई धेरै सताएको थियो ।

अहिले अध्यक्ष एवं वरिष्ठ पत्रकार विष्टको नेतृत्वमा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड तथा उपमहानगरको निरन्तर मेहनत, लगनशीलता र इमान्दारीका कारण काकाकुल बनेको हेटौँडालाई पर्याप्त र शुद्ध खानेपानी सेवाको सुविधा सहज भएको हो । खानेपानी संस्थानमार्फत खानेपानी बोर्डलाई हस्तान्तरण भएर आएपछि हेटौँडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन आएको हो ।

बोर्डलाई हस्तान्तरण हुनुअघि हेटौँडामा खानेपानी संस्थानका करीब आठ हजार ग्राहक थिए । कर्मचारी थिए ७० जना बोर्डले धाराको सङ्ख्या बढायो भने कर्मचारीको सङ्ख्या घटायो । -रासस

प्रतिकृया