• 5:01 pm

सीप नक्सांकन प्रतिवेदन हस्तान्तरण

प्रकाशित मिति

२०७७ फाल्गुन १६ गते, आईतवार ०५:४६

भक्तपुर: सीप नक्सांकनको प्रतिवेदन तयार गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा गठित ७ सदस्यीय कार्यटोलीले आफ्नो प्रतिवेदन परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई हस्तान्तर गरेको छ ।

देशमा उपलब्ध सीपहरुको क्षेत्र, बिषय र तहका सम्बन्धमा अध्ययन गरी यसको अवस्था झल्किने गरी सीप नक्सांकनको प्रतिवेदन तयार गर्न टोली गठन गरिएको थियो । प्रतिवेदनमा तालिम प्रदायक संस्थाहरुले प्रदान गरेका तालिमका विषय र संख्याका साथै नेपाल श्रम शक्ति सर्वेक्षणको सुक्ष्म अध्ययन गरी श्रम बजारमा कार्यरत प्राविधिक जनशक्तिको अवस्थालाई नक्सांकन गरी पेश गरिएको छ ।

प्रतिवेदनले आगामी दिना देशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको क्षेत्रमा नीति निर्माता,अनुसन्धानकर्ता र यस क्षेत्रमा कार्यरत पदाधिकारीहरुलाई आवश्यकताको आधारमा सीपयुक्त दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यमा सहज हुने अपेक्षा गरिएको दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

परिषद्बाट आधारभूत तथा मध्यस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, सीपको पहिचान गरी स्तरीकरण गर्ने लगायतका कामहरु हुदै आएका छन् ।
यसका अतिरिक्त संघीय तहमा रहेका विभिन्न १२ बटा मन्त्रालय अन्तरगत रहेका १८ बटा निकायहरुबाट तालिम प्रदान गरिदै आएको पाईन्छ भने प्रदेश सरकार र स्थानीय सरकारले समेत सीप विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन्।

एकातर्फ यस सम्बन्धमा एकिकृत तथ्थांकको अभावमा सञ्चालित कार्यक्रमहरुको गुणस्तरियता, सान्दर्भिकता र प्रभावकारिताका वारे एकिन भन्न नसक्ने अवस्था छ भने अर्का तर्फ यस क्षेत्रमा भएको लगानीबाट राष्ट्रले अपेक्षित उपलब्धि हासील गर्न नसकेको अबस्था छ ।

प्रतिकृया