• ११ असोज २०८३, आइतबार
  • १०ः५५ राती

पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

प्रकाशित मिति

२०७७ फाल्गुन १६ गते, आईतवार १२:०७

काठमाडौं :नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मस्तिष्कघात भएपछि बिहिवार राति वीर अस्पताल लगिएका जोशीलाई शुक्रवार बिहानै नर्भिक अस्पताल पठाइएको थियो ।उहाँको मष्तिष्कमा जमेको रगत र पानी निकालेर उपचार भइरहेको छ ।

National Life

आज बिहान गरिएको सिटी स्क्यान रिपोर्टमा सुधार देखिएको उपचारमा संलग्न डा. राजिव झाले जानकारी दिए । अझै केही दिन यही विधिबाट उपचार गरेपछि मात्रै थप उपचार गर्न सकिने अस्पतालले जनाएको छ । उनको शरीरको देब्रेपट्टी समस्या देखिएको छ भने दाहिने पट्टीको भाग विस्तारै चल्दै गएको जोशीका सहयोगी पुष्कर पाण्डेले बताए ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया