लिखित जवाफ बोकेर दाहाल सर्वोच्चमा
प्रकाशित मिति
२०७७ फाल्गुन १६ गते, आईतवार १२:०१
काठमाडौं: अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर नेकपा दाहाल–नेपाल समूह का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालतमा पुगेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले रिट दायर गरेका थिए ।
रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न दाहाललाई आदेश दिएको थियो । सोही आदेशअनुसार दाहालले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लागेका हुन् ।
काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।








प्रतिकृया