• ९ असोज २०८३, शुक्रबार
  • ३ः३८ दिउँसो

किसुनजी हाफ म्याराथन चैतमा

प्रकाशित मिति

२०७७ फाल्गुन १४ गते, शुक्रबार ०६:४१

काठमाडौ -नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा चैत २२ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई किसुनजी को स्मृतिमा राष्ट्रिय खुला हाफ म्याराथन हुने भएको छ। संघले पहिलो पटक किसुनजीको स्मृतिमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा बागमती प्रदेशका संयोजक दीपक गुरुङले जानकारी दिए ।

National Life

‘नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो। आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौं,’ गुरुङले भने। म्याराथनमा महिला र पुरुष दुवैतर्फका विजेताले जनही २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया