काठमाडौं: दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिस आगामी इण्डियन प्रमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सबाट खेल्ने भएका छन्।
आज भएको अक्सनमा उनलाई राजस्थानले १६ करोड २५ लाख भारतीय रुपैयाँमा किनेको हो। उनको आधारमूल्य ७५ लाख रुपैयाँ थियो।
अघिल्लो आईपीएलमा मोरिसले रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए। बैंग्लोरले उनलाई गत वर्ष १० करोडमा किनेको थियो।
प्रतिकृया