१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी एक जना प्रकाउ
प्रकाशित मिति
२०७७ फाल्गुन ६ गते, बिहीबार ०५:१२
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं: १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका १० सिप्रदी डेरा गरी बस्ने खोटाङ खिदिम गाउँपालिका ७ घर भएका १९ वर्षीय सागर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। ती किशोरीलाई डर त्रास देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
दार्चुला, २१ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौगाड गाउँपालिका १ सतला बस्ने २३ वर्षीय पान सिह ठगुन्नालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठगुन्नाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
अवैध लागूऔषध सहित पक्राउ
कपिलवस्तु कृष्णनगर नगरपालिका ८ लोहरौला चोकबाट करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शिवराज नगरपालिका १० लालपुर बस्ने ३६ वर्षीय हरि नारयण गुप्तालाई बुधाबर राति प्रहरीले पक्राउ गरेको छ ।
कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीलाई दूर्व्यवहार गरेको अभियोगमा पक्राउ
मोरङ, प्रहरीलाई दूर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका १८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष कामले को.२३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारीहरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दूर्व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं, सुनसरी, बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित चतरा झुम्का नहरमा सोही नगरपालिका ७ देवीघाट बस्ने ३१ वर्षीय सालिक राम निरौला बुधबार मृत अवस्थामा फेला परेका छन् । माघ २६ गते देखि हराएका निरौला झुम्का नहरले बगाइरहेको अवस्थामा उनको शव फेला परेको हो ।
तेह्रथुम, छथर गाउँपालिका १ आङदिम बस्ने ६० वर्षीया छिरिङ डोमा लामा शेर्पा आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधबार मृत फेला परेकी छिन् । हाल सम्पर्क विहिन रहेका उनका पति ५२ वर्षीय तेन्जे शर्पालाई प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिकृया