• ११ असोज २०८३, आइतबार
  • १ः२० राती

मानव साङ्लो, संसद पुनःस्थापनाका लागि हो: मिलन एमसी

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०५:३६

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपाको) माधव-प्रचण्ड पक्षले विशाल मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ।

National Life

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सोही दलको अर्को पक्ष प्रचण्ड – माधव समूह निरन्तर आन्दोलनरत छ। चरणबद्घ रूपमा आन्दोलन गर्दै आएको यो समूहले चौथो चरणको आन्दोलन अन्तर्गत टुँडिखेल घेराउ गरेको हो।

यस्तै, पार्टी केन्द्रीय सदस्य हिमाल शर्माले प्रतिगामी सरकारले भ्रष्टाचारीसँग साँठगाँठ गरेको, महंगी बढ्दै गएको, कालाबजारियाहरू मौलाएको र अन्य विविध अलोकतान्त्रिक कदमहरूको विरोधमा आजको मानव साङ्लो प्रदर्शन गरेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, अखिलका नेता मिलन एमसीले आफूहरू निरन्तर प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत रहँदारहँदै केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को गर्दै थप असंवैधानिक कदम चालेकोले सबै किसिमका प्रतिगमनको विरोधमा आजको मानव साङ्लो गरेको जनाएका छन्।

उनका अनुसार प्रतिनिधिसभा पुनःस्थापनाका लागि गरिएको पहिलो आन्दोलनलाई चौथो चरणको आन्दोलनसम्म आइपुग्दा पनि निरन्तर दिइएको छ। असंवैधानिक तवरले विघटन गरिएको संसद पुनःस्थापित हुनैपर्नेमा आफूहरू अझै अडिक रहेको उनको दाबी छ।

प्रतिकृया