कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक डीन ओझाको निधन
प्रकाशित मिति
२०७७ माघ २३ गते, शुक्रबार ०१:२३
चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो ।
ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । अस्पताल भर्ना भएपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो ।
विसं २०१९ फागुन १८ गते लमजुङको दुराडाँडामा जन्मनु भएका ओझाले २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गरेका थिए ।
उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ । उनलाई नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको झण्डा ओडाएका थिए । रासस
Recent News
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया