• ९ असोज २०८३, शुक्रबार
  • २ः१७ दिउँसो

आज २०७७ माघ १६ गते शुक्रबारको राशिफल

प्रकाशित मिति

२०७७ माघ १६ गते, शुक्रबार ०५:५२

काठमाडौँ- आज २०७७ माघ १६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ/

National Life

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविपरितको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ ।

Classic Tech Mobile
Classic Tech Desktop

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज मानसिक चिन्ता बढ्नेछ । शरिर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझमेलामा फस्नु पर्ला । प्रेम सम्बन्ध मध्यम रहनेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा

आत्मविश्वास बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसंग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधारोन्मुख हुनेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो

श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक्तिबाट वाधा आइपर्ला ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सौन्दर्यतामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पूरा होला । न्यायीक क्षेत्रमा सफलता मिल्ला । प्रेम सम्बन्ध कसिलो बन्नेछ ।

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला ।अतिथीको सेवा होला ।

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते

अग्रजको आशिर्वाद रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्रमा पदोन्नतीको योग छ । आकस्मिक धन लाभ होला । शत्रु कमजोर हुनेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ ।

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा

शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

 

प्रतिकृया