• ११ असोज २०८३, आइतबार
  • ९ः०३ बिहान

सशस्त्र प्रहरीका पाँच जना एसएसपी र १५ जना एसपीलाई दर्ज्यानी चिन्ह

प्रकाशित मिति

२०७७ माघ १६ गते, शुक्रबार ०६:१२

काठमाडौँ-  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा माघ १५ गते आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेकाछन् ।

National Life

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरे ।नेपाल सरकार गृहमन्त्रालय गृहमन्त्रिस्तरको यही माघ १४ गतेको निर्णयले ५ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका हुन् भने नेपाल सरकार गृहसचिवस्तरको यही माघ १२ गतेको निर्णयले १६ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएकाहुन् ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधकासाथ कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया