• ९ असोज २०८३, शुक्रबार
  • ४ः५९ बेलुका

इंग्लिस प्रिमियर लिग फुटबलमा शेफिल्ड युनाइटेडकोे जित

प्रकाशित मिति

२०७७ माघ १५ गते, बिहीबार ०८:१४

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा शेफिल्ड युनाइटेडले जित निकालेको छ ।

National Life

बुधबार राति घरेलु मैदानमा भएको खेलमा शेफिल्ड युनाइटेडले शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

शेफिल्डका लागि २३ औँ मिनेटमा किन ब्रायन तथा ७४ औँ मिनेटमा ओलिभर बर्कले गोल गरेका हुन् । म्यानचेस्टर युनाइटेडका लागि भने ६४ औँ मिनेटमा ह्यारी मागुइरीले एक गोल फर्काए ।

Classic Tech Mobile
Classic Tech Desktop

हारपछि पनि दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २० खेलबाट ४० अंक भएको छ । पुछारमा रहेको शेफिल्डको २० खेलबाट ८ अंक भएको छ ।

प्रतिकृया