• ९ असोज २०८३, शुक्रबार
  • ४ः५० बेलुका

बर्षाले छोडिन् ‘सुदुर’

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०५:२१

काठमाडौंँ-अभिनेत्री वर्षा सिवाकोटी फिल्म छाड्ने मामलामा अन्य अभिनेत्रीभन्दा अगाडि छिन् । उनी कागजी सम्झौता भएका फिल्म पनि छोड्ने गर्दछिन् ।

National Life

बर्षा अहिले पनि ‘सुदुर’ नामको फिल्म छाडेकी छन् । रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको करिब डेढ बर्ष अगाडि अनुबन्धित भएकी उनले अहिले आएर यो फिल्म छाडेकी हुन् । आफुले नभ्याउने भन्दै बर्षाले फिल्म छाडेको निर्माण युनिटले जनाएको छ ।

आफ्नो फिल्म ‘सुदुर’बर्षाले छाडेको निर्देशक रमेश बुढाथोकीले पुष्टि गरे । ‘फिल्म बैशाखमा छायाँकन गर्ने तयारी भइरहेको छ’ रमेशले भने ‘बर्षाले बैशाखमा नभ्याउने कारण देखाएर फिल्म छाडेकी छन् ।’

Classic Tech Mobile
Classic Tech Desktop

अभिनयलगायत अन्य क्षेत्रमा पनि उनी आवद्ध भएकोले बर्षाले फिल्म छाडेको हुनसक्ने रमेशले अनुमान लगाए ।

बर्षाले फिल्म छाडेपनि निर्माणका लागि अन्य आन्तरिक तयारी भने भइरहेको छ । जुम्लामा छायाँकन हुने फिल्मको पुरै टिम भने छायाँकन पहिलेको कार्यक्रममा सार्वजनिक गर्ने निर्देशक बुढाथोकीको योजना रहेको छ ।

केही समय फिल्म निर्देशनबाट बाहिर रहेका बुढाथोकी यो फिल्मबाट निर्देशनमा फर्किन लागेका हुन् ।

प्रतिकृया