तरुण दलले गर्यो देशभर परिपत्रः ‘माउ पार्टीले घोषणा गरेका आन्दोलमा साथ दिउँ’
प्रकाशित मिति
२०७७ माघ १४ गते, बुधबार ०५:२४
काठमाडौंः प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनका विरुद्धमा माउ पार्टीले तय गरेका विरोध कार्यक्रममा सहभागी हुन पपिरपत्र गरेको छ ।
अध्यक्ष जितजंग बस्नेतले आज देशभरका सम्पूर्ण तरुणहरुलाई परिपत्र जारी यस्तो निर्देशन दिएका हुन् ।
जस अनुसार माघ १६ गते शहिद दिवसका दिन शहिदहरुको सम्मानमा कोभिड–१९ सम्बन्धि जनचेतना अभिवृद्धि हुने विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरु गरी मनाउन र नेपाल कम्युनिष्ट पार्टीका केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा लाग्न आग्रह गरिएको छ ।
नेपाली कांग्रेस पार्टीको केन्द्रिय समितिको निर्देशन अनुसार २०७७ साल माघ १९ गते सोमबार सबै भातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने निर्णय भए बमोजिम नेपाल तरुण दल त्यस जिल्ला समितिले नेपाली काँग्रेस जिल्ला समितिसंग समन्वय गरी जिल्ला पार्टी कार्यालयमै सबै जिल्लास्तरीय भातृ संस्थाहरुको तुरुन्त बैठक राखी माघ १९ गते गरिने विरोध कार्यक्रम तय गरी संयुक्त रुपमा विरोध कार्यक्रम गर्न समेत जारी परिपत्रमा उल्लेख छ ।







प्रतिकृया