• ९ असोज २०८३, शुक्रबार
  • १२ः५८ दिउँसो

ज्योति विकास बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०४:१३

काठमाडौंः त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको छ।

National Life

कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ। साथै, साधारणसभाले ज्योति विकास बैंक लि संस्थापक सेयरधनी समुहको तर्फबाट श्री हरि प्रसाद, श्री हरिचन्द्र खड्का, श्री सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट श्री नरेश राज आचार्य र श्री ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु। ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।

प्रतिकृया