सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको ‘टल्कने कोन’
प्रकाशित मिति
२०७७ माघ १४ गते, बुधबार ०४:०४
काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ।
महाशाखाले काठमाडौ उपत्यको चक्रपथ तथा चक्रपथ बाहिर२६ स्थान र चक्रपथ भित्र८ स्थान गरि बढी दुर्घटना हुने ३३ स्थानहरु समेत पहिचान गरेको छ ।
बढि दुर्घटना हुने ति स्थानहरुका सडकमा बिशेषगरी रातको समयमा सडक बत्ती नहुँदा अध्याँरोको कारण जेब्राक्रसिङ्ग तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाईएको छ । यसरी हुने सडक दुर्घटना कम गर्न महाशाखाले निरन्तर अभियानहरू चलाइरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न बढि दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए ।
एयरपोर्ट नयाँगेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खुचोक, सितापम्प, खसिबजार, सितापाईला उकालो, वाफल, सानोभर्यािङ, वनस्थली, बबरमहल लगायतका सडकखण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।






प्रतिकृया