भक्तपुरबाट बैंकिङ कसूर मुद्दामा फरार कृष्णलाल काठमाडौंबाट पक्राउ
प्रकाशित मिति
२०७७ माघ १२ गते, सोमबार ०५:०४
भक्तपुरः बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-५ बस्ने ३८ वर्षीय कृष्णलाल ढोलालाई काठमाडौं अनामनगरबाट प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ मङसिर २३ गतेको फैसलाले ९ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
ढोलाले आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानि जानि पीडितलाई झुक्यानमा पारी ज्योति विकाश बैंक ललितपुर शाखाको चेक काटि दिएकोमा बैंकबाट खातामा पर्याप्त मौज्दात रकम नभएको हुनाले कुनै भुक्तानी नभई बैकिङ् कसूर जन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद र जरिवाना फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत भक्तपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।







प्रतिकृया