ट्राफिक प्रहरीको विशेष अप्रेशनः चोरीका २४ वटा मोटरसाइकल पक्राउ गरि हस्तान्तरण
प्रकाशित मिति
२०७७ माघ १२ गते, सोमबार ०४:५७
काठमाण्डौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाएको छ ।
महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको हो ।
दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थ प्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दिप राई, ईश्वरी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकर परसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायण प्रसाद राजथला, नुर्बु शेर्पा, ममता थापा, केशर बहादुर थापा, श्याम कुमार बि।क।, धाल बहादुर कार्की, थानेश्वर पोखरेल, सुनिता प्याकुरेल र बिक्रम महर्जनलाई हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हस्तान्तरण गरेका छन् ।
जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई सुझावका साथै चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवामा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको कार्यालय प्रमुखले बताए ।
ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोट भक्तपुर, कपन, बसुन्धारा, कोटेश्वर, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुर लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
महाशाखाले यस आव ०७७र०७८ मा १९९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ३५ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।







प्रतिकृया