• ९ असोज २०८३, शुक्रबार
  • १२ः५८ दिउँसो

इजरायलले खोल्यो युएईमा राजदूतावास

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार १२:२०

दुबई:इजरायलले संयुक्त अरब इमिरेट्स (युएई) मा राजदूतावास खोलेको छ।

National Life

गत वर्ष अमेरिकाको पहलमा यी दुई मुलुकले कूटनीतिक सम्बन्ध कायम गर्ने निर्णय गरेका थिए। सोहीअनुसार युएईमा दूतावास खोलिएको इजरायलले जनाएको छ।

इजरायलको विदेश मन्त्रालयले अहिलेको दूतावास अस्थायी भएको र स्थायी भवनका लागि ठाउँ खोज्ने काम भइरहेको जनाएको छ। इजरायलका प्रतिष्ठित कूटनीतिज्ञ ऐतान नाहले दुबई मिसनको नेतृत्व सम्हाल्ने छन्।

Classic Tech Mobile
Classic Tech Desktop

इजरायली विदेश मन्त्री गावी आस्केनाजीले गत वर्षदेखि न्यानो हुँदै गएको युएईसँगको सम्बन्धलाई राजदूतावासले थप फराकिलो पार्ने बताएका छन्।

युएईको मन्त्रिपरिषद्ले पनि आइतबार इजरायलको तेल अभिभमा आफ्नो दूतावास खोल्ने निर्णय गरेको छ।

गत सेप्टेम्बरमा औपचारिक सम्बन्ध कायम गरेका यी दुई मुलुक सिधा हवाइ सम्पर्कमा पनि जोडिएका छन्।

युएई इजरायलसँग औपचारिक सम्बन्ध कायम गर्ने चार अरब मुलुकमध्ये पहिलो हो।एजेन्सी

प्रतिकृया