• 3:56 pm

चीन र भारतका सैनिकबीच झडपः दुबैतर्फका २४ सैनिक घाइते

प्रकाशित मिति

January 25, 2021

एजेन्सीः चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो।

झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको सैन्य स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ।

चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यमको दाबी छ।

यसअघि गत असारमा भारतचीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।

प्रतिकृया