• ७ असोज २०८३, बुधबार
  • ११ः०८ राती

नेकपा नेपाल–दाहाल पक्षद्वारा तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक (यस्ता छन् कार्यक्रम)

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ११:४०

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

National Life

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेका छन्।

जसअनुसार माघ १३ गते सिठ्ठी जुलुस, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना, माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने तयारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै देशका विभिन्न सहरमा विरोध कार्यक्रम गर्न लागेको छ।

१५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा कार्यक्रम गर्न र उक्त कार्यक्रमलाई अध्यक्षद्वयलगायतले सम्बोधन गर्ने, यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्‍याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने भएको छ ।

 

प्रतिकृया